चौथो दिन, कलंकी–नागढुङ्गा सडक सरसफाई अभियान सम्पन्न

चन्द्रागिरी, चन्द्रागिरी नगरपालिकास्थित कलंकी–नागढुङ्गा सडक सरसफाई अभियान आईतवारबाट सुरु भएको थियो । चन्द्रागिरी नगरपालिकाको समन्वय तथा चन्द्रागिरी नगरपालिका फोहोरमैला व्यवस्थापन समितिको आयोजनामा २० दिने सरसफाई अभियान सुरु भएको हो । अभियानको चन्द्रागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरीले उद्घाटन गरेका थिए साथै प्रमुख गिरीले चन्द्रागिरीलाई स्वच्छ हरावरा र धुलो मुक्त नगर बनाउने अभियान लागिपरिरहेने बताएका थिए।




आज भएको चौथो दिन सतुंगल स्तिथ सरसफाई अभियानमा नगर प्रमुख घनश्याम गिरी, चन्द्रागिरी लायन्स क्लब अफ काठमाण्डौ र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।

Sarsafaiaviyan Sarsafaiaviyan2 Sarsafaiaviyan3 Sarsafaiaviyan4 Sarsafaiaviyan5 Sarsafaiaviyan6 Sarsafaiaviyan7 Sarsafaiaviyan8