चन्द्रागिरि ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन काठमाण्डौ आएका विशिष्ट व्यक्तिहरुको समूहले शुक्रबार रिट्रीटको सिलशिलामा चन्द्रागिरि केबलकारको भ्रमण गरेको छ ।
अनौपचारिक भ्रमणको क्रममा रहेको समुहलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा संचालकहरु हेमराज ढकाल, अम्बिका प्रसादपौडेल, नवराज नेपाल र कल्याण गुरुङ्गले स्वागतगर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।
अनौपचारिक भ्रमण समूहलाई नेपालका उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्ण बहादुर महारा, भुटानका विदेश मन्त्री दाम्चो दोर्जी र म्यानमारका विदेश राज्यमन्त्री च्वेँ टेँले नेतृत्व गरेका थिए । भ्रमणमा सहभागी भुटान र म्यानमारका मन्त्रीहरूले चन्द्रागिरि आइपुग्दा संसारकै उच्च स्थानमा आइपुगेको अनुभव गरेको प्रतिक्रिया दिदै आगामी दिनमा सपरिवार भ्रमण गर्ने इच्छा रहेको धारणा व्यक्त गरे ।
चन्द्रागिरि भ्रमण बारे प्रतिक्रिया दिदै उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्रीश्री कृष्ण बहादुर महराले चन्द्रागिरि हिल्स लिमिटेडले नेपालको पर्यटकीय विकासमा ठूलो योगदान पुर्याएको बताए ।
Leave a Reply
You must be logged in to post a comment.