
चन्द्रागिरि नगरपालिकाको सूचना अनुसार चन्द्रागिरि नगरपालिकाले माैलिक सिपमा आधारित विभिन्न व्यवसायमा संलग्न संस्था तथा व्यक्तिहरूलाई अनुदान वितरण गर्ने भएको छ ।
पोते, सेलरोटी बनाउने, परालको चप्पल, सुकुल, गुन्द्री, गलाैंचा बुन्ने, काष्ठकला, डोको, थुन्चे, डालो, नाङ्लो, सोली, ढकी, कोक्रो, पेरूङ्गो, मुढा बुन्ने, दुना टपरी गाँस्ने लगायतका व्यवसायसँग सम्बन्धित व्यक्ति तथा संस्थाहरूका लागि अनुदान वितरण गर्ने चन्द्रागिरि नगरपालिकाको उक्त सूचनामा उल्लेख गरेको छ ।
यसै नगरपालिकाले सात दिन म्याद थप गरेको छ भने अनुदान को लागि व्यवसायीहरूले सम्बन्धित वडा मार्फत निवेदन पेश गर्न सकिने नगरपालिकाले जनाएको छ ।






