नगरपालिकामामा उपसचिव स्तरका कर्मचारी

चन्द्रागिरि ।



jibss

सरकारले तत्काललाई शिक्षा समूहबाट गाउँपालिकामा शाखा अधिकृत र नगरपालिकामा उपसचिवस्तरका कर्मचारी खटाउने निर्णय गरेको छ । मुख्यसचिव सोमलाल सुवेदीको अध्यक्षतामा शुक्रबार सरोकारवाला मन्त्रालयका सचिवहरूसहितको बैठकले उक्त निर्णय गरेको हो ।

‘तत्कालै कम्तीमा एक जना भए पनि कर्मचारी पठाइहाल्नुपर्‍यो भनेर यो निर्णय भएको हो,’ उनले भने, ‘अब निर्णयअनुसार सम्बन्धित मन्त्रालयले पहिलो चरणमा निर्वाचन सम्पन्न भएका स्थानमा ७ दिनभित्र कर्मचारी पठाउनेछन् ।’ उनले दोस्रो चरणको निर्वाचन असार १४ मा रहेकाले त्यसपछि मात्रै बाँकी ती स्थानीय तहमा विषयगत कर्मचारी खटाइनेछ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नगर तथा उपमहानगरमा उपसचिव, महानगरमा सहसचिव र गाउँपालिकामा शाखा अधिकृतलाई कार्यकारी अधिकृत पठाएको छ ।

सचिव अधिकारीले स्थानीय तहमा खटिएर जाने कर्मचारीलाई काम गर्ने वातावरण र बस्ने स्थानको व्यवस्था मिलाउने जिम्मेवारी निर्वाचित जनप्रतिनिधिको रहेको बताए । संविधानले आधारभूत तथा माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई दिएको छ । माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन स्थानीय तहले गर्ने छन् । यसअघि उक्त अधिकार जिल्ला शिक्षा कार्यालयसँग थियो । उपसचिवस्तरका कर्मचारी जिल्ला शिक्षा अधिकारी हुन्छन् ।

इकान्तिपुरबाट ।