बिद्यार्थी भर्ना अभियान २०७५

211

चन्द्रागिरी नगर कार्यपालिका र शिक्षा विकाश तथा समन्वय इकाई को संयुक्त आयोजनामा संचालन गरिएको बिद्यार्थी भर्ना अभियान कार्यक्रम

चन्द्रागिरी नगर कार्यपालिका अन्तर्गतक संचालित सामुदायिक विद्यालयहरुमा “हामी सबैको इच्छा, अनिवार्य निशुल्क आधारभूत शिक्षा” भन्ने मूल नाराका साथ बलम्बु मा. बि. का प्रधान अध्यापक सुमन रावत को संयोजक्त्वोमा कंकाली मा. बि. , नारायण जन मा. वि., बिष्णु देवी मा.वि., प्रभात मा. वि., जनबिकाश मा. वि.,बिद्यामन्दिर मा. वि., मंगलोदय मा. वि., भैरबनाथ आधारभूत विद्यालय र चुनदेवी आधारभूत बिद्यालयका प्रधान अध्यापक ज्युहरु, नगरपालिका प्रतिनिधि ज्युहरु, वि.व्य.स.का पढ़ाधिकारीहरु, बलम्बु मा.वि.का शिक्षक तथा बिद्यार्थीहरुले आज मिति २०७५/०१/०९ गते बिद्यालयमा बिहान ८ बजे देखि ” बिद्यार्थी भर्ना अभियान सफल बनाअाैं”, ” सबै बालबालिकालाई बिद्यालय पाठअाैं” भन्ने नाराका प्ले कार्ड र ब्यानर सहित नगर परिक्रमा गरि अभियान कार्यक्रम संचालन भएको थियो| सो कार्यक्रमको प्रमुख आतिथ्यतामा शिक्षा विकाश तथा समन्वय इकाईका प्रमुख प्रकाश सापकोटा ज्युले सहभागिता जनाउनु भएको थियो भने कार्यक्रमको समन्वय नगर शिक्षा अधिकृत नवराज रिजाल र बिद्यालय स्रोत साहायक मनोज सिग्देलको सहयोगमा स्रोत व्यक्ति हरि कृष्ण अर्यालले गर्नु भएको थियो |