
चन्द्रागिरि ।
लायन्स क्लब अफ काठमाण्डाै चन्द्रागिरिले चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलार्इ सम्मान गरेको छ । लायन्स क्लब अफ काठमाण्डाै चन्द्रागिरिका संस्थापक समेत रहेका नवनिर्वाचित मेयर घनश्याम गिरी, सेक्रेटेरी नवनिर्वाचित उपमेयर लिसा नकर्मी, लायन्स नवनिर्वाचित वडा अध्यक्ष प्रकाश श्रेष्ठको सम्मानमा कार्यक्रम अयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै नवनिर्वाचित मेयर घनश्याम गिरीले नगरमा लायन्स क्लबले अस्पताल निर्माण गर्न सुझाव दिँदै बलम्बुमा संचालनमा रहेको नहुँदा क्लिनिकलार्इ अस्पतालमा रूपान्तरणा गर्नुपर्ने धारणा राखेका थिए ।
लायन्स क्लबका नव निर्वाचित अध्यक्ष मनमैँया गिरीले सबैको सहयोगमा सामजिक गतिविधि बढाउँदै लैजानु पर्नेमा जोड दिएकी थिइन् ।