वडा कार्यालय अब बिहान बिहानै खुल्ने, १२ बजेपछि बन्द

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका अन्तर्गतका वडा कार्यालयहरूको कार्यालय समय परिवर्तन गरिने भएको छ । मंसिर ७ गते बिहीबारदेखी लागु हुनेगरि कार्यालय समय परिवर्तन गरिन लागेको हो । अब नगरपालिकाका वडा कार्यालयहरू बिहान ७ बजेबाट मध्यान्ह १२ बजेसम्म खुल्ने नगरपालिकाद्वारा जारी गरिएको सुचनामा उल्लेख गरिएको छ ।