शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न

274

चन्द्रागिरि ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा बुधबार नेपाली काँग्रेस चन्द्रागिरि नगर कमिटिले विजया दशमी, दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना अादान प्रदान तथा चियापान कार्यक्रम अायोजना गरेको छ । चन्द्रागिरि नगरपालिका १० स्थित सतुंगल पार्टी प्यालेसमा अायोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री राजनकुमार केसी, सभासद् ध्यानगोबिन्द रञ्जित, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी लगायत नेपाली कांग्रेसका अन्य नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।