प्रहरी वृत्त थानकोटलाई सानुकाजी शाहीले क्वारेन्टाइनको लागि भवन उपलब्ध गराउनु भयो

महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत ६ जना प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ। बिदा लिएर घर गएका उनीहरु बिदा सकिएपछि हाजिर हुन आएका थिए।



jibss

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार बिदा सकिएर वैशाख १२ गतेदेखि यता विभिन्न मितिमा हाजिर हुन आएकाहरुलाई चन्द्रागिरी नगरपालिका- ४ स्थित छुट्टै भवनमा राखिएको हो।

उनीहरु बारा, सप्तरी, रौतहट र कन्चनपुरबाट हाजिर हुन आएकाहरु हुन्। भारतसँग सीमाना जोडिएका उक्त जिल्लाहरुबाट आएकाले जोखिम हुनसक्ने भन्दै सेल्फ क्वारेन्टाइनमा राखिएको हो। 

प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राख्न चन्द्रागिरि-४ कै सानुकाजी शाहीले भवन उपलब्ध गराएको महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठ ले बताए। 

योसँगै वृत्त थानकोटले कोही व्यक्ति चन्द्रागिरी नगरपालिकाको क्षेत्रमा कुनै बाहिरी जिल्लाबाट पछिल्लो केही हप्ताभित्र आएको भए सेल्फ क्वारेन्टाइनमा बसिदिन पनि आग्रह गरेको छ।