Home नगरपालिका “घटना ब्यवस्थापन तथा सिफाशि प्रणाली सम्बन्धी” २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

“घटना ब्यवस्थापन तथा सिफाशि प्रणाली सम्बन्धी” २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

0
“घटना ब्यवस्थापन तथा सिफाशि प्रणाली सम्बन्धी” २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

बाल विकास समाज, कपन काठमाण्डौले वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारी र चन्द्रागिरी नगरपालिका तथा ललितपुर महानगरपालिका वडा न. २२ को समन्वयमा “ईटा उद्मोगमा रहेका बालबालिकाको उत्थानशिल बिकास परियोजना” ईटा उद्योगका श्रमिक र बालबालिकालाई लक्षित गरि संचालन गरिरहेको छ । उक्त परियोजनाले बालश्रम अन्त्यको लागि नेपाल सरकारको बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना कार्यान्वयन गर्नका लागि नगरपालिकाको अगुवाईमा सेवामूलक तथा अधिकारमुलक कार्यक्रमहरु संचालन भइरहेको छ ।


चन्द्रागिरी नगरपालिकाको समन्वयमा बाल अधिकारको प्रवद्र्धन र सम्वद्र्धनको लागि वडा नं. १ देखि १५सम्ममा बालअधिकार समितिको गठन साथै नगरपालिका स्तरिय बाल अधिकार समिति गठन भइसकेको छ भने समितिका मुख्य पदाधिकारीहरुलाई यहि मिति २०७६ साल फाल्गुन १० र ११ गते “घटना ब्यवस्थापन तथा सिफाशि प्रणाली सम्बन्धी” २ दिने क्षमता अभिवृद्धि तालिम उपलब्ध गराई सकेको छ ।
तालिममा सहभागीहरुले बाल अधिकार, अवधारणा, विशेष अधिकार, बाल अधिकार सम्बन्धी कानुनी ब्यबस्था, बाल अधिकार सम्बन्धी महासन्धीमा ब्यबस्था भएका बाल अधिकार, बाल सहभागिता, बाल संरक्षण, विशेष संरक्षणमा रहेका बालबालिकाको आवश्यकता, संरक्षण र तिनको भूमिका, घटना ब्यबस्थापन र यसका चरणहरु, विपद् जोखिम तथा ब्यवस्थापन, स्थानिय तहमा बाल अधिकार र संरक्षण सम्बन्धी सवालहरु, र कार्य योजना जस्ता विषयमा दक्षता हासिल गरेका थिए ।


तालिममा ३० जनाको सहभागिता रहेको थियो । चन्द्रागिरी नगरपालिकाबाट नगरप्रमुख घनश्याम गिरी, उप—प्रमुख लिशा नकर्मी,प्रबक्ता हरि भक्त मर्हजन लगायत महिला विकास अधिकृत रश्मी श्रेष्ठबाट तालिमको सहभागितालाई हौसला प्रदान गर्नुका साथै शुभकामना प्रदान गर्नुभएको थियो । स्थानिय तहको बाल संरक्षणका सवालहरुको बिषयमा प्रभावकारी छलफल गर्दै स्थानिय तहबाटै बाल संरक्षणको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता नगर प्रमुख र उप—प्रमुखबाट प्रतिवद्धता जनाउनु भएको छ ।