चन्द्रागिरि र टोखा काठमाडौं अन्तर नगर कपको फाइनलमा

चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिका र टोखा नगरपालिका प्रथम काठमाडौं अन्तर नगर कप नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको सेमिफाइनलमा टोखाले नागार्जुन नगरपालिकालाई २–१ तथा चन्द्रागिरिले किर्तिपुर नगरपालिकालार्इ टाइब्रेकरमा ४–१ ले हराउँदै फाइनलमा भेट पक्का गरेका हुन् । टोखालाई जित दिलाउन आशिष श्रेष्ठ र साजन श्रेष्ठले गोल गरे । नागार्जुनका राहुल खड्काले गोल गरे ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिको संयोजनमा काठमाडौं जिल्ला समन्वय समितिद्वारा जारी अर्को सेमिफाइनलमा चन्द्रागिरी टाइब्रेकरमा भाग्यशाली रह्यो । निर्धारित समय १–१ को बराबरी टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । फाइनल आइतबार हुने आयोजकले जनाएको छ ।