त्रिपुरेश्वर-नागढुङ्गा सडकखण्डको प्रगति ३० प्रतिशत

चन्द्रागिरि ।

सडक विस्तारको कार्यको पछिल्लो पाँच महिनामा त्रिपुरेश्वर-नागढुङ्गा सडकको प्रगति निकै सुस्त देखिएको छ। त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माणका लागि चारवटा चेनेज बनाएर सात ठेकेदारलाई निर्माणको जिम्मा दिइएको छ । यसको दुई चेनेजमा अर्थात् कालीमाटी क्षेत्रका ३.३८ र ३ किमि गरी ६ कि मिमा कुनै प्रगति देखिँदैन । २०७२ साउनदेखि अहिलेसम्म यस सडकको प्रगति अहिलेसम्म पनि २५ प्रतिशत नै छ । ठेकेदारले यसै वर्षको असोज र कात्तिकसम्ममा यो सडक पूरा गर्नुपर्ने छ । तर थानकोट र गुर्जुधारा क्षेत्रका दुई चेनेजमा पाँच महिनाअघि २५ प्रतिशत कार्य समाप्त भएकोमा अहिले त्यो ३० प्रतिशत पुगेको छ । त्रिपुरेश्वर- नागढुङ्गा सडकको कुल लम्बाइ १२.४८ किमि छ ।