माओवादीमा विद्रोह गर्दे जनमोर्चामा जाने दानीको तयारी ।

काठमाण्डौं ।
स्थानीय निर्वाचनको मिति नजिकिएसँगै काठमाडौंको चन्द्रागिरी नगरपालिकामा राजनीतिक दलहरु उम्मेदवार चयनको अन्तिम निर्णय गर्न आन्तरिक गृहकार्यमा जुटेरहर्दा मओवादी केन्द्रमा विद्रोह गर्दे जनमोर्चामा रोसन दानी प्रवेश गर्ने तयारी भईरहेको छ । प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी तथा केही साना दलहरु भित्रै मेयर र उपमेयर पदका आकांक्षी धेरै भएपछि आ–आफ्नै पार्टी्भित्र तिव्र प्रतिष्प्रर्धा र गुटबन्दीका कारण उम्मेदवार चयनमा ढिलाई भइरहेको वेलामा दानी जनमोर्चामा जाने तयारी पछि माओवादीमा हलचल निम्तिएको हो । चन्द्रगरिमा एमालेवाट मेयरमा प्रल्हाद वहादुर कार्की र उपमेयरमा लिजा नकर्मी चयन गरेको छ भने माओवादी केन्द्रले भने श्रीकृष्ण क्षेष्ठ लाई मेयरमा र उपमेयरमा उर्मिला रोक्का लाई चयन गरिसकेको छ ।
उपमेयरमा रोशन दानीको नाम अगाडि आए पनि पाटी भित्रको गुटवन्दीका कारण दानीलाई पाटीले टिकट नदिए पछि युवाहरुमा आकोश समेत पैदा गराएको वुभिएको छ । समाज सेवामा समेत क्रियासिल रोसन मिडियाकर्मी पनि हुन् । रोसन दानी चन्द्रगिरिमा उपमेयरमा टिकट पाएको खण्डमा युवा र महिलाहरुको विश्वासका पात्र समेत रहेका स्रातको दावी छ । यता पाटीले टिकट नदिए पछि रुष्ठ वनेका दानी आफ्नै तयारीमा लागेको वुभिएको छ । उपमेयरमा खासै काग्रेस एमाले माओवादी र राप्रपाका उपमेयर भन्दा दानी सवै कुरामा अगाडी र जनप्रिय,युवा,महिला,र समाजमा निकै योगदान पु¥याएका दानीनै अगाडी देखिएका हुन । दानी भित्रि रुपमा उप मेयरमा एक सशक्त तवरले आउँने तयारी भईरहेको अन्तरिक स्रोतको दावी रहेको छ । पत्रकारीतामा एक दर्शक भन्दा लामो जिवन विताईसकेका दानी, समाजिक क्षेत्रमा समेत कृयाशिल व्यक्ति हुन । २०७२ साल वैशाख १२ गते ,१३ गते र २९ गते गएको विनाशकारी भुकम्पमा समेत राहात तथा उद्धारमा समेत निकै योगदान प¥ुयाएका व्यक्ति हुन ।समाजमा केहि गरौं,परिर्वर्तनका लागि समाज रुपान्तरणका लागि दानीको नाम चर्चामा रहेको छ । श्री चुन्देवि माध्यामिक विद्यालय,वाडभञ्जयाङमा रहेको चण्डीका देवि माध्यामिक विद्यालयका विद्याथीहरुका निम्ति समेत पाँच पाचँ लाखको दरले शैक्षिक साम्रागि समेत वितरण गरि शैक्षिक गुणस्तर वृद्धिमा योगदान पु¥याईसकेका छन् । राष्ट्रिय स्तरको वजेट माफ्त खाने पानीका लागि ७ करोड विकास वजेट ल्याई काम गर्न समेत सफल व्यक्तिको रुपमा रहेका छन् । सवै युवाहरुलाई स्थानिय स्तरमै रोजगारी दिनु पर्छ भने मानेता राख्ने दानी,चन्द्रगिरि नगरपालिको दिगो विकास,सुशासन,जवाफदेहिता,पार्रदशिता हुनुपर्छ भने मान्यता राख्ने व्यतिm पनि हुन । स्थानिय निकाय वलियो सवल,जनमुखी भयो भने राष्ट्रिय उन्नतीमा परिर्वतन गर्न खासै ग्राहो नपर्ने वताउँछन् । गत संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेकोले स्थानीय निर्वाचनमा समेत बलियो अवस्था रहेको चन्द्रागिरी नगरपालिकामा कांग्रेसका तर्फबाट नेपाली कांग्रेस चन्द्रागिरी नगरपालिका सभापति घनश्याम गिरीलाई उम्मेदवार बनाउने प्रवल सम्भावना देखिएको छ । नेपाली कांग्रेसमा ज्यादै सक्रिय रुपले क्रियाशील गिरी स्थानीय जनताका माझ लोकप्रिय र जनतामाँझ प्रत्यक्ष सम्पर्कमा रहने व्यक्तिका रुपमा चिनिन्छन् । नेपाली काग्रेसमा उप मेयरमा मा इन्द्र वत्ती श्रेष्ठको प्रवल सम्भावना देखिएको छ भने उप मेयर राजकली सिहं ठकुरी,गोमा गुरुङ आकक्षिका रुपमा रहेको वुभिएको छ । यस्तै नेपाली कांग्रेसका स्थानीय नेताहरु जयकृष्ण महर्जन, धर्मानन्द श्रेष्ठ, राजेन्द्र बिक्रम वानियाँ र कृष्ण महर्जनको पनि मेयरको आकांक्षी रहेको चर्चा छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयर पदको लागि सोही पार्टीका देवेन्द्र प्रधान र नगर कमिटी अध्यक्ष रहेका प्रकाश थापा मध्ये एकको नाम अगाडि सारिने भएको छ । यसैगरी मेयर र उपमेयर पदको लागि साना र केही नयाँ पार्टीहरुमा समेत उम्मेदवारी चयनलाई लिएर विवाद देखिएको छ । नेपाल मजदुर किसान पार्टीमा मेयरका लागि गुणदास महर्जन, पुरुषोत्तम महर्जन र नरबहादुर महर्जनको दावि रहेकाले तीन मध्ये एकको चयन गर्न कठिनाई भएपछि उम्मेदवर चयन ढिला भएको हो । यस्तै नयाँ शक्ति पार्टीमा पनि नगर संयोजक शशि गिरी र सोही पार्टीका राजु महर्जनको नाम चर्चामा छ तर निर्णय हुन सकेको छैन । यसैगरी अन्य साना दल नेकपा माले, माओवादी क्रान्तिकारी लगायतले पनि मेयर र उपमेयरका लागि उम्मेदवार चयन गर्न आन्तरिक गृहकार्य गरिरहेको बुझिएको छ । अधिकांश दलहरुमा मेयर पदका लागि पुरुष प्रतिनिधिको नाम चर्चामा रहेकाले अधिकांश दलहरुबाट उपमेयरमा महिला प्रतिनिधि आउने निश्चित देखिएपछि चन्द्रागिरी नगरपालिकाको उपमेयर भने रोसन दानीनै हुने स्पष्ट देखिन्छ । कुल ४४ हजार मतदाता संख्या रहेको चन्द्रागिरी नगरपालिकामा थानकोट, दहचोक, वाडभञ्ज्याङ, महादेवस्थान, बलम्बु, नयाँ नैकाप, पुरानो नैकाप, तिनथाना, मच्चेगाउँ लगायतका साविकका ११ गाविस समेटेर हाल १५ वडा कायम गरिएको छ । नगरपालिकाका सवै राजनीतिक दलभित्र मेयर पदमा उम्मेदवारी दिन चाहने आकांक्षीहरु बीच तिव्र प्रतिष्पर्धा भइरहँदा राजनीतिक दलहरुमा उम्मेदवारी चयनको अन्तिम निर्णय गर्न ढिला भइरहेको हो ।