चन्द्रागिरि मेयरमा गठबन्धन तर्फबाट नेपाली काँग्रेस अग्रता कायमै

चन्द्रागिरि नगरपालिकामा गठबन्धन तर्फबाट नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो विवरण अनुसार गनिएको २२ हजार ४ सय १९ मत मध्ये  मेयरमा गठबन्धन तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरीले १० हजार ८६ मत पाएर अग्रता छन् भने दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार उत्तम बहादुर राउतले ८ हजार ३ सय २४  मत पाएका छन्।

यो पदको बदर मत संख्या २ हजार १ सय ९१ रहेको चन्द्रागिरि नगरपालिकाका  निर्वाचन अधिकृत सिर्जना थापलियाले जानकारी दिएको हो । उप मेयर पदको ६  हजार ३ सय ७   मत बदर भएको छ । ३७३ वटा मतपत्र बदर भएको छ ।