कीर्तिपुर नगरपालिकामा ‘मास्कविना प्रवेश निषेध’

काठमाडौं, २० भाद्र : कोठमाडौंको कीर्तिपुर नगरपालिकाले ‘मास्कविना प्रवेश निषेध’ अभियान सुरु गरेको छ । कोरोना भाइरसबाट बच्नका लागि मास्क अनिवार्य लगाउनुपर्ने भएपछि कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले यो अभियान सुरु गरेको जनाएको छ ।

आइतबार उक्त अभियानको शुभारम्भ गर्दै मेयर रमेश महर्जनले सबै नागरिकलाई कोरोना संक्रमणबाट बचाउन अनिवार्य रुपमा मास्क लगाउन सचेतना जगाउन अभियान शुरु गरिएको बताए ।

कीर्तिपुर नगरपालिकाले मानिसहरुको भीडभाड हुने स्थलमा जाँदा हरेक नागरिकले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने भएकाले यो अभियान संचालनमा ल्याउनु परेको पनि स्पष्ट पारेको छ । त्यसका लागि मास्क उपलब्ध गराउन ‘मास्क बैंक’को पनि स्थापना गरिएको छ ।