कीर्तिपुर-२ मा झोल सरफ र दालमोठ बनाउने दुईदिने तालिम सम्पन्न

काठमाडौं ,श्रावण २४। कीर्तिपुर नगरपालिका वडा नं.२मा झोल सरफ र दालमोठ बनाउने दुईदिने तालिम सम्पन्न भएको छ ।वडा नं २ ले महिला स्वरोजगार तथा दक्ष जनशक्ति उत्पादनको लागि सिपमुलक तालिम अन्तर्गत झोल सरफ र दालमोठ बनाउने दुईदिने तालिम  प्रदान गरेको हो।  श्रावण २२ र २३ गते गरि दुइ दिन सम्म चलेको उक्त  तालिमको शुक्रबार वडा अध्यक्ष रमेशमान डंगोलले उद्घाटन गरेका थिए ।



jibss

२२ जनाको सहभागिता रहेको उक्त तालिममा  सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षक छायाँ कार्कीले सहजीकरण गरेकी थिइन । शनिबार एक कार्यक्रमका बीच उक्त तालिम समापन गरिएको छ । समापन सत्रमा प्रशिक्षार्थीहरुलाई नगर प्रमुख रमेश महर्जनले प्रमाण पत्र प्रदान गर्दै तालिममा सिकेका ज्ञानलाइ व्यवहारमा उतार्न अनुरोध गरेका थिए ।कार्यक्रममा उप प्रमुख सरस्वती खड्का, वडा अध्यक्ष रमेशमान डंगोल लगायत प्रशिक्षक र प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो  ।

तस्बिर:- कपन अनलाइन