चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिका र टोखा नगरपालिका प्रथम काठमाडौं अन्तर नगर कप नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिको संयोजनमा काठमाडौं जिल्ला समन्वय समितिद्वारा जारी अर्को सेमिफाइनलमा चन्द्रागिरी टाइब्रेकरमा भाग्यशाली रह्यो । निर्धारित समय १–१ को बराबरी टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । फाइनल आइतबार हुने आयोजकले जनाएको छ ।