चन्द्रागिरिमा राजधानीकै नमुना र ठुलो अन्तर्राष्ट्रिय स्तरको भेकल्स ट्रेनिङ्ग सेन्टर सञ्चालनमा अाउदै

काठमाडौं / राजधानीको चन्द्रागिरि नगरपालिका १२ स्थित वलम्वु गुर्जुधारामा अन्तर्राष्ट्रिय स्तरको भेकल्स ट्रेनिङ्ग सेन्टर निमार्ण हुने भएकाे छ । भेकल्स एकेडेमी एण्ड रिसर्च सेन्टरले उपत्यकाकै ठुलाे र अत्याधुनिक डाईभिङ्ग ईस्चिच्युट निमार्ण गर्न लागेकाे हाे ।कुल ५ कराेड लगानीमा स्थानिय युवाहरूकाे सकृयतामा अन्तर्राष्ट्रिय स्तरकाे कक्षा सञ्चालन  हुने डाईभिङ्ग सेन्टर बनाइन लागेको हो। उक्त डाईभिङ्ग सेन्टरमा नेपालकाे भाैगाेलिक अवस्था र अन्तर्राष्ट्रिय मापदण्डअनुसारकाे प्रशिक्षण हुने बताईएकाे छ । वैदेशिक राेजगारीमा सवारी चलाउन जाने व्यत्तिहरू लाई मध्य नजर गर्दै  कम्पनीले दक्ष चालक उत्पादनमा जाेड दिने बताएकाे छ । कम्पनीका संचालक राम नारायण घिमिरेले जेेेराे लेवल क्लास देखि सैद्धान्तिक,व्यवहारिक कक्षाहरू सञ्चालन हुने बताए । हाल यस डाईभिङ्ग सेन्टरमा जेेेेराे लेेवल वाट तयारी कक्षा समेेत सञ्चालन हुुदै अाएकाे छ । कक्षामा वस्ने र भर्नाहुने प्रतिक्षार्तिहरूले सवारी साधनकाे ज्ञान,पार्टपुर्जा ,ट्राफिक ज्ञान भाैगाेलिक अवस्था,सुरक्षा,विमा,जाेखिम लगायत सामान्य देखि उच्च प्राविधिक शिक्षा प्रदान गर्ने घिमिरेकाे दावी छ। कम्पनीले एउटै थलाेमा हेवि देखि लाईट सवारी साधनकाे टेनिङ्ग दिने छ । चन्द्रागिरिमा बन्न लागेकाे डाईभिङ्ग सेन्टरमा नयाँ माेडलका कार १० वटा बस २ वटा, मिनिवस २ वटा, माेटरवाईक २० वटा रहने कम्पनीले जनाएकाे छ ।डाईभिङ्ग सेन्टर कात्तिककाे पहिलाे साता बाट औपचारिक  रूपमा सुरू हुने कम्पनीले जनाएको छ ।