बाहिरी चक्रपथ निर्माण गर्न सबै सडकखण्डमा एकैपटक जग्गा रोक्का गर्ने तयारी

परिकल्पना गरेको २० वर्ष भए पनि बाहिरी चक्रपथ निर्माणको कार्य अगाडि बढ्न सकेको छैन । मन्त्रिपरिषद्को निर्णयमा जग्गा प्राप्ति ऐन शब्द नराखेपछि रोकिएको बाहिरी चक्रपथको काम अहिलेसम्म अगाडि बढ्न सकेको छैन ।

काठमाडौंमा अव्यवस्थित बसोवास बढ्दै गएपछि ०५५/५६ मा भौतिक मन्त्रालयले बाहिरी चक्रपथको परिकल्पना गरेको थियो । सोहीअनुसार ०६२/६३ मा बाहिरी चक्रपथ जग्गा विकास आयोजनालाई त्यसको जिम्मा दिइयो । त्यसपछि काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत बाहिरी चक्रपथ आयोजनालाई उक्त आयोजनाको जिम्मेवारी दिइएको थियो । यो खबर आजको  नयाँ पत्रिका दैनिक मा छापेको छ ।