चन्द्रागिरि नगरकाे मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा एमालेकाे अग्रता, अन्तिम मत परिणाम अाजै अाउने अाउने


चन्द्रागिरि ।

स्थानीय निर्वाचनको मतगणना जारी छ । चन्द्रागिरि नगरपालिकाको वडा नं. १४ र १५ को मतगणना जारी रहँदा मेयरमा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ। उपमेयरमा नेकपा एमालेले ५२४ मतको अग्रता लिएको छ ।

अाइतबार बिहान  ७ बजेसम्म भएको मतगणना अनुसार नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार घनश्याम गिरीले १२ हजार १ सय ५७मत प्राप्त गर्दा नेकपा एमालेका मेयर पदका उम्मेदवार प्रह्लाद बहादुर कार्कीले ९ हाजर ३ सय ९ मत प्राप्त गरेको निर्वाचन अधिकृत गणेश नायकले चन्द्रागिरिन्यूजलार्इ जानकारी दिए । त्यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार लिशा नकर्मीको १० हजार ६ सय ८९ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी उम्मेदवार इन्द्रावति श्रेष्ठकाे १० हजार १ सय ६५ मत रहेको छ । नेकपा माअोवादी केन्द्रका मेयर र उपमेयरका उम्मेदवारले क्रमश ३५३२ र ३६१६ मत तथा राप्रपाका मेयर र उपमेयरका उम्मेदवारले क्रमश ५९६ र ७३३ मत प्राप्त गरेका छन् ।