काठमाडौं ९ मा कृष्णगोपाल श्रेष्ठले जिते, ध्यानगोविन्द रंजित भट्टराई पराजित

२३ मंसिर, काठमाडौं । वाम गठबन्धनका नेता कृष्णगोपाल श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ९ बाट सांसद निर्वाचित भएका छन् ।

केहिबेरअघि सम्पन्न मतगणनाअनुसार कृष्णगोपालले ८०५० मतान्तरको जित हासिल गरेका छन् ।

वाम गठबन्धनका उम्मेदवार कृष्णगोपालले २२ हजार ८५२ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार ध्यानगोविन्द रंजितले १४ हजार ८०२ मत प्राप्त गरेका छन् ।