काठमाडौं क्षेत्र नं १० मा कांग्रेसको अग्रता कायमै, एमाले दोश्रो स्थानमा उक्लियो

rajan kc, prdip bista, himesh kc, anjana bisanke

काठमाडौं निर्वाचन क्षेत्र नं १० मा गठबन्धनका तर्फबाट कांग्रेसले अग्रता कायमै राखेको छ । कांग्रेसका उम्मेदवार राजन के.सी ७६२७ मतका साथ अग्रता छन्।

यस्तै एमालेका हिमेस केसीले ४८५८ मत पाउनुभएको छ भने राष्टिय स्वतन्त्र पार्टीका प्रदिप बिष्टले ४६६० मत पाउनुभएको छ भने यसै नेकपा माओवादी केन्द्रका अन्जना बिशंखेले २४८१ मत प्राप्त गर्नुभएको छ ।