चन्द्रागिरिमा गठबन्धले तयार गर्‍यो पाँच दलिय गठबन्धन संयन्त्र

रोशन दानी,
२३ चैत, काठमाडौं ।
 चन्द्रागिरि नगरपालिका रहेको पाँच दलिय गठबन्धको दोश्रो बैठक सम्पन्न भएको छ । नेपाली काँग्रेसका चन्द्रागिरि नगर कार्य समितिको कार्यालयमा पाँच दलिय गठबन्धको दोश्रो बैठक सम्पन्न भएको हो ।



jibss

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा,नेकपा (एकीकृत समाजबादी) र जनता समाजवादी पाटीको संयुक्त छलफल भएको नेपाली काँग्रेस चन्द्रागिरि नगर समितिका सचिव नविन महर्जले बताए ।

छलफलमा नेपाली काँग्रेसका नगर उप सभापति राजेन्द्र विक्रम बाँनिया, नगर सचव राजेन्द्र महर्जन,नविन महर्जन, कोषध्यक्ष भिमकुमारी खत्र्री,मञ्जय प्रकाश श्रेष्ठ, माओवादी केन्द्रका सल्लाहाकार मुकुन्द्र प्रसाद घिमिरे माओवादी केन्द्रका नगर अध्यक्ष देवकृष्ण महर्जन, नेकपा (एकीकृत समाजबादी) वाट तोरण थापा,नगर अध्यक्ष भाईकृष्ण बलामी, राष्ट्रिय जनमोर्चाका युवा नेता तथा बागमती प्रदेश सदस्य रोशन दानी, जनता समाजवादी पाटीका नेता रमेशचन्द्र प्रधान,नगर अध्यक्ष राजु महर्जनको उपस्थिति रहेको थियो ।

पाँचै दलको चन्द्रागिरि नगर कमिटीको पहल कदमिमा बाम लोकतान्त्रिक गठबन्धनको उपस्थितिमा स्थानिय तहको चुनाब सम्बन्धि दोश्रो बैठक सम्पन भएको माओवादी केन्द्रका सल्लाहाकार मुकुन्द्र प्रसाद घिमिरेले बताए ।बैठकमा सहभागी नेताका अनुसार चन्द्रागिरीका सवै वडाहरुमा पाँच दलिय गठवन्धनकै जित हुने गरि निवार्चनमा सहकार्य हुर्ने बताए ।

उनका अनुसार गठबन्धनको बैठक पुन चैत्र २७ गते बैठक बस्ने तयारी भएको जनाईएको छ । वैठकमा सहभागी नेताहरुले गठबन्धन एक ढिक्का भएर चुनावी मोर्चामा होमिन तयार भएको बताएको छ । नेकपा एमालेको प्रतिगमनको अन्तयका लागि केन्द्र देखि स्थानिय तहका लागि गठबन्धन बनेको र सोही अनुरुप स्थानिय तहको निर्वाचनमा सहकार्य हुनेछ । स्थानिय तहको वडा देखि नगर प्रमुख उप प्रमुख समेत मिलाउन दलहरु एक जुट भएको राष्ट्रिय जनमोर्चा चन्द्रागिरि नगर ईन्चार्ज रोशन दानीले बताए ।

नेपाली काँग्रेस चन्द्रागिरिका उप सभापति राजेन्द्र विक्रम बाँनियाले प्रतिगमन विरुद्धमा बनेको पाँच दलिय गठबन्धनको दोश्रो बैठकले चन्द्र्रागिरि नगरपालिका भित्र रहेको नगर स्तरीय पाँच दलिय गठबन्धन संयन्त्र तयार भएको र उक्त संयन्त्रमा नेपाली काँग्रेसका संयोजकत्वमा तिन सदस्य र सवै दलहरुवाट दुई दुई जना सदस्य रहने गरि ११ जनाको संयन्त्र निमार्ण भएको बताए ।

तत्कालिन समयमा नेकपा एमालेको सरकारलाई सर्मथन गरेको राष्ट्रिय जनमोर्चा प्रतिगमनको खतरा रहेको भन्दै गण्डकी प्रदेश सरकारलाई अल्पमतमा पारि काँग्रेस नेतृत्वको सरकारलाई सघाए पछि गठबन्धनमा सहभागी दल बनेको थियो । नेपाली काँग्रेसले पटक पटक सरकारको नेतृत्वमा केन्द्र र प्रदेशको सरकारमा सहभागी हुन आग्रह गर्दा पनि राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी भने भएको थिएन । पछि नेपाली काँग्रेस,माओवादी र समाजबादीले एमसीसी अनुमोदन गर्दा राष्ट्रिय जनमोर्चाले विरोध गर्दे आईरहेको छ । एमसीसी अनुमोदन पश्चात गण्डकी प्रदेश फेरि अल्पमतमा पर्ने आँकलन गरिएको थियो ।