कृषिमा नयाँ क्रान्तिकाे खाँचाे छ : मन्त्री पाेखरेल

११ माघ,  चन्द्रागिरि।

बागमती प्रदेशकाे नब नियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री केशव प्रसाद पाेखरेलले बागमती प्रदेशमा मल अभाव हुन नदिने बताएका छन् ।

मन्त्री पाेखरेलले पदभार ग्रहण गर्ने क्रममा केन्द्रीय सरकार संगकाे सहकार्यमा प्रदेश स्तरमै रासायनिक मल कारखाना स्थापना गर्ने बताएका हुन् ।

मन्त्री पाेखरेलले भने,” प्रदेश सरकार बागमती प्रदेशमा कृषि उत्पादनलाई वृद्ध गर्न रणनीति तवरले कार्य याेजनानै तयार गरि सशक्त रूपमा लाग्छ ।”

मन्त्रालयले प्रदेश स्तरमा रहेका हरेक खेतीयोग्य जमिनमा आधुनिक र व्यवसायीक तवरले कृषि उत्पादनमा जाेड दिने भएकाे छ ।

मन्त्री पाेखरेलले व्यवसायीक खेती किसानी गर्ने कृषकहरूलाई प्रत्साहान गर्न कार्यनीति अनुरूप,उत्पादन उत्पादकत्व र बजारीकरण गर्दै कृषिवाटै आय आर्जन गर्ने बाताबरण तयार गर्ने बताए ।
देश कृषिमा निर्भरता कायम गर्न दक्ष जनशक्तिहरूलाई परिचालन गरिने उनकाे भनाई छ । मन्त्री पाेखरलले हावापानी र वातावरण युक्त खेती प्रणालीमा जाेड दिने बताए । उनलेे कृषिमा नयाँ क्रान्तिकाे खाँचाे रहेकाे बताए ।