केपि ओलिको हातबाट टीका लगाएर सुरेन्द्र थापा एमाले फर्किए

स्थानीय निर्वाचन – २०७९ ताका नेकपा (एमाले) मा असन्तुष्ट मत राखी नेकपा (एकीकृत समाजवादी) बाट चन्द्रागिरी नगरपालिका वडा नं ७ बाट वडा अध्यक्ष पदको प्रत्यासी उम्मेदवार बनेका सुरेन्द्र थापा पुरानै घर फर्किएका छन् ।

उनले एमाले अध्यक्ष केपि ओलिको हातबाट टीका लगाएर एमाले फर्किएका हुन् ।

समाजबादी छाडेर आफू पुन एमाले सुर्य हुनपाउदा गर्व लागेको बताउदै यो गठबंधन देश र जनताको हितमा भन्दापनि बिसर्जनवाद तिर उन्मुख भएकोले आफुले भुल सुधार गरेको बताए।