टोखा नगरपालिकाभित्र सार्वजनिक स्थलमा धूम्रपान गरे कारबाही, चन्द्रागिरि नगरमा कहिले होला

काठमाडौँ । टोखा नगरपालिकाले सार्वजनिक स्थलमा धूम्रपान गरे कारबाही गर्ने भएको छ । टोखाले सुर्तीजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था बमोजिम सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिक स्थलबाट एकसय मिटर वरपरको क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेमा कानुन बमोजिम कारबाही गर्ने जानकारी दिए ।

सो नगरपालिकाले गतहप्ता मात्रै टोखाभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएर सार्वजनिक जग्गा संरक्षणमा जुटेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने टोखामा ११ वडा रहेका छन् ।