आज दिन भर चन्द्रागिरिमा लकडाउन उल्लंघन गर्ने १४२ जना पक्राउ

  • 195
    Shares

काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथामका लागि उपत्यकामा लागू गरिएको निषेधाज्ञा उलंघन गर्नेलाई कारवाही गरिएको छ।

चन्द्रागिरि नगरपालिकामा लक डाउनको उल्लंघन गर्ने १४२ जना नियन्त्रणमा लिएको छ । प्रहरीले सर्वसाधारण र सवारी साधनगरि १४२ जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रण लिएकोमा पुरूष ६३, महिला २५, सवारी साधन ५४ रहेको महानगरीय प्रहरी बृत्त थानकोट कार्यालयले जानकारी गराएको हो।

पसलहरु बन्द भइपनि केही ब्यक्तिहरु खुलेआम असुरक्षित तवरले घुमफिर गरेको पाइएपछि महानगरीय प्रहरी बृत्त थानकोट कार्यालय थानकोटले ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरी प्रशासनले चन्द्रागिरि नगरपालिका अन्तर्गतका नैकाप, तीनथाना, धौलागिरी आवास, सिभिल होम्स, मत्स्यगाँउ, मातातिर्थ, पाल्तेन प्लटिङ, पानीघाट, थानकोट बजार, गुर्जुधारा, सतुंगल, दहचोक, बाँडभन्ज्याङ, नाँगढुंगाबाट लक डाउनको अवज्ञा गरी अनावश्यक रूपमा हिडडुल गर्ने १४२ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई केही समय होल्ड गरेर छोडिएको प्रहरीले जनाएको छ।

निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक हिँड्नेलाई प्रहरीले रोकेको छ। मर्निङ वाक र इभिनिङ वाकमा ननिस्किइ घरमै बस्नसमेत सुझाव दिएको छ। अनावश्यक काममा निस्किएको पाइए सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुनेछ। ऐनमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

तस्बिर:- पुरानो (File) महानगरीय प्रहरी बृत्त थानकोट कार्यालय, थानकोट Facebook Page बाट


  • 195
    Shares