उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेक काम बन्द

560

१२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

आइतबार तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको बताउदै आगामी दिनमा कोरोनाको संक्रमणको दर हेरेर निर्णय लिने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनु भएको हो ।