
तस्वीर : गौरव थापाको ट्वीटरबाट
काठमाडौं– गुठी विधेयकको विरोधमा राजधानीमा विशाल जनप्रदर्शन भएको छ ।
सरकारले गुठी विधेयक मंगलबार फिर्ता लिए पनि खारेजीको माग राख्दै बुधबार बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको छ ।
जुलुस माइतीघर मण्डलामा केन्द्रीत भएको छ ।
जुलुसमा सहभागिहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाएका छन् भने गुठी विधेयकको नाममा तलमाथि गरिए आफूहरुलाई मान्य नहुने कडा चेतावनी दिएका छन् ।