१७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा चन्द्रागिरि नगरपालिकामा २१ जना कोरोना संक्रमित भेटिएका छन् ।चन्द्रागिरि नगरपालिकाका सूचना अनुसार नगरपालिकामा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
चन्द्रागिरि नगरपालिकामा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ११९ पुगेको छ। जनस्वास्थ्य प्रबर्द्धन उपशाखाका डा. सुदा महर्जन अनुसार पछिल्लो तथ्यांकअनुसार चन्द्रागिरिमा संक्रमितको संख्या ११९ पुगेको हो।
संक्रमण पुष्टि भएकामध्ये ४९ जना निको भएका छन् भने २६ जना अस्पतालमा र घरमा ४४ जना उपचार भइरहेको छन् ।
साथै संक्रमण पुष्टि भएकामध्ये ४४ जना महिला, ७५ जना पुरुष र १ जना बालबालिका रहेको छन्।
साथै चन्द्रागिरि नगरपालिकामा कुनै संक्रमितको मृत्यु भएको छैन।
Leave a Reply
You must be logged in to post a comment.