
चन्द्रागिरि नगरपालिका नोवेल कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेको छ । चन्द्रागिरि नगरपालिमा विभिन्न वडाहरुमा हालसालै विभिन्न मुलुकबाट आइ १४३ जना बसोबास गरिएको छ।
चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरभित्र वडा कार्यालयको सहयोगमा १५ दिनको बीचमा नेपाल भन्दा बाहिर गई आएका व्यक्तिहरुको तथ्यांक संकलन गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको तथ्यांकमा विदेशबाट आउनेहरु अधिकांश अध्ययन, व्यापार, रोजगार र घुम्न गएको उल्लेख गरेको पाइन्छ । जुन व्यक्तिहरु अहिले आ–आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसेका छन् । विदेशबाट आएका शंकास्पद व्यक्तिहरुलाई नगरपालिकाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चेकजाँच गर्न पठाएको छ । विदेशबाट आएका कोही कसैलाई पनि आजसम्म कोभिड–१९ पोजेटिभ नदेखिको नगरपालिकाले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले उच्च जोखिम क्षेत्र रहेकोले संक्रमण फैलन नदिन नेपाल सरकारले अपनाएको सुरक्षालाई हामी सबैले पालना गर्न जरुरी छ । आफु पनि बचौं, अरुलाई पनि बचाऔं भन्ने नारालाई यतिखेर सार्थक बनाउनु छ । अनावश्यक रुपमा घरबाट बाहिर निस्कनु बहादुरी होइन । यसले तपाई त असुरक्षित हुनुहुने नै छ तपाईको परिवार र समाज पनि त्यतिकै असुरक्षित बन्ने छ । तपाईको सानो गल्लीले समाज र देश नै खतरामा पर्न सक्छ । यदि तपाईहरुले आजबाट लक डाउन तोड्नु भयो भने प्रहरीको लक डाउनमा पर्नु होला सचेत होऊ ।
सरकारले लगाएको लकडाउन उल्लघंन गर्ने २९ जना व्यक्तीलाई प्रहरी बृत्त थानकोटले नियन्त्रणमा लिएको हो । प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले कोरोना भाईरस कोभिड २९ लाई नियन्त्रण गर्न चैत्र ११ गते देखि आब्हान गरेको लकडाउन अटेर गर्नेलाई नियन्त्रणमा लिएर कारवाही सुरु गरेको जानकारी दिनुभयो ।