काठमाडौँ, चैत्र २३ । चन्द्रागिरि नगरपालिका वडा नं १२ का विभिन्न क्षेत्रमा विपन्न तथा राहत प्राप्त गर्ने व्यक्तिहरुको विवरण संकलन कार्य जारीरहेको छ ।
कोरोना भाईरस (COVID-19) संक्रमणका कारणले लक डाउन भै दैनिक ज्याला मजदुरी गरि खाने बिपन्न परिवारलाई खाद्यान्न संकट नपरोस् भन्ने उद्देश्यले नेपाल सरकार वाट प्राप्त निर्देशन र चन्द्रागिरि नगरपालिका चैत्र १९ को कार्यपालिका वैठकले पहिलाे चरणमा १ देखि १५ वटै वडाका ब्यक्तिहरूकाे ब्यक्तिगत फारम भरि नामावलीमा संकलन सहित राहत प्याकेज बितरण गरिने निर्णय भएको च.न.पा वडा नं १२. का वडा अध्यक्ष प्रकास श्रेष्ठ जानकारी गराए ।
च .न .पा.१२. का वडा अध्यक्ष प्रकास श्रेष्ठ, कार्यपालिका सदस्य, वडा सदस्यहरु सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले तथ्यांक संकलन कार्यलाई जारि राखेका हुन्।
यस जटिल परिस्थितिमा युवाहरुले जनप्रतिनिधिहरुलाई अहोरात्र खटिएर दिनुभएको साथ र सहयोगको उच्च मूल्याकंन गर्नुपर्ने भन्दै वडा अध्यक्ष प्रकास श्रेष्ठले युवाहरुको प्रशंसा गर्दै साथै वास्तविक पिडितले मात्र राहत पाउने गरि तथ्यांक संकलन भइरहेको बताएका छन।





Leave a Reply
You must be logged in to post a comment.