
काठमाडौं, जेठ १७ । सरकारले लकडाउन अर्थात् बन्दाबन्दी अरु १२ दिन लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउन कायमै राख्ने निर्णय गरेको हो ।
यसैगरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।