थप पाँच जनामा कोरोना संक्रमण, कुल २५०

काठमाडौं, जेठ १ गते । पछिल्लो परीक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमित संख्या २५० पुगेको छ । यस अघि चन्द्रागिरि नगरपालिका, काठमाडौमा एक र कपिल्बस्तुमा एक गरी दुईमा कोरोना पुष्टि भएका थियो ।