पर्साका चार पत्रकारलाई पनि कोरोना संक्रमण

काठमाडौं– पर्सामा आज (मंगलबार) एकै दिन भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये केही पत्रकार समेत रहेका खुलेको छ ।

नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायका अनुसार मंगलबार संक्रमण पुष्टि भएका कोरोना संक्रमितमा पत्रकारहरु समेत रहेका छन् । अस्पताल स्रोतका अनुसार मंगलबार पुष्टि भएका ३९ जनामध्ये अहिलेसम्म ४ जना पत्रकारहरु रहेको खुलेको हो ।