काठमाडौंमा मगंलवार भेटिएका तीन जना संक्रमितहरु मध्येमा दुई जना काठमडौं उपत्यका वाहिरवाट वैशाख २९ गते आईपुगेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। संक्रमित तीनै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। उनीहरुलाई मंगलवार राति नै यो अस्पतालमा भर्ना गरिएको हो।
काठमाडौमा कोरोना पुष्टि भएकी महिला चन्द्रागिरि नगरपालिका वडा न ९ मच्छेगाउँ निवासी रहेको खुलेको छ । मच्छेगाउँ बस्ने ३३ वर्षीय महिला वैशाख २९ गते कंचनपुरवाट काठमाडौं आएकी थिइन् भने भक्तपुर राधे–राधेकी २५ वर्षीय महिला २९ गते नै सुनसरीवाट काठमाडौं आएकी थिइन्। घरवेटीले डेरामा बस्न नदिएपछि उनीहरु परिक्षणको लागि टेकु अस्पतालमा पुगेका थिए। वाँकी एक पुरुष सुरक्षाकर्मी रहेको र उनीहरु लाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ ।
Leave a Reply
You must be logged in to post a comment.