बलिउडका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन्। दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा नेपाल खान आउन लागेका सलमानले चन्द्रागिरिको भ्रमण गर्ने दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टका जर्डी पटेल, अडिल जगमगियाले जानकारी दिए।
दुबैले विहीबार चन्द्रागिरि हिल्स लिमिटेड परिसरको भ्रमण गरि सलमानले पनि भ्रमण गर्ने जानकारी गराएका हुन। उनीहरुका साथमा नेपालस्थित इभेन्ट व्यवस्थापन कम्पनी ओडीसी इन्टरटेन्मेन्टका प्रमुख सीमान्त गुरुङले पनि सहभागी थिए।
सलमानको आसन्न भ्रमणको विषयमा थप जानकारीका लागि शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्नेछ। पत्रकार सम्मेलनलाई सोहिल खानले सम्बोधन गर्नेछन्।
Leave a Reply
You must be logged in to post a comment.