चन्द्रागिरि २ ले पायो नयाँ एम्बुलेन्स तीन बर्ष अगाडि स्थानिय नागढुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको आयोजनामा सामान्य देउसी भैलो सङ्गै शुरु भएको चन्द्रागिरि २ को एम्बुलेन्स खरिद अभियानले विभिन्न आरोह अबरोहहरु पार गर्दै आफ्नो नयाँ एम्बुलेन्सको रुपमा महिन्द्रा बोलेरो ४/४ जिप प्राप्त गरेको छ ।युरो 4 मेकानिकल बिशेषता रहेको एम्बुलेन्स जिप राजस्व छुट गराइ स्थानिय समग्र बार्डभञ्ज्याङ् सामुदायिक बिकास मञ्चको नाममा रु १०४११८७/- भुक्तानी गरि खरिद गरिएको छ । एम्बुलेन्स खरिद गर्ने सकारात्मक अभियानलाई सार्थक तुल्याउन स्थानिय बासिन्दा लगायत बिदेशमा विभिन्न प्रयोजनले बसोबास गर्दै आएका चन्द्रागिरि – २ का मनकारी ब्यक्तित्वहरुले गरेको आर्थिक ब्यब्स्थापनको सहयोगले आज चन्द्रागिरी २ मा एम्बुलेन्स भित्रिन सफल भएको छ ।
यो अभियानको सुत्रधारको रुपमा अनवरत खटिनु भएका चन्द्रागिरी २ का वडा सदस्य मधुकर बस्नेतको नेतृत्वमा संस्थाका अध्यक्ष रामेस्वर प्रसाद भुर्तेल सहितको युवा काधले एम्बुलेन्स खरिदको यो जिम्मेवारीलाई पूरा गरेका छन । लामो प्रतीक्षा पश्चात् आइपुगेको एम्बुलेन्सलाई स्थानियहरुले खुशी साथ स्वागत गर्दै यस अभियानमा आर्थिक भौतिक रुपमा सहयोग पुर्याउनु भएका सम्पुर्ण आदरणीय ब्यक्तित्वहरु , बिदेशि भुमीमा रहि आफ्नो जन्मस्थललाई माया गरि सहयोग जुटाउने प्यारा दाजु भाइ तथा दिदी बहिनीहरु लगायत यस अभियानलाई महत्वका साथ अपनाइ काधमा काध मिलाउने अग्रज बुवा आमा काका काकी तथा चेलीहरु प्रती आभार तथा धन्यवाद प्रकट गरेका छन । सामान्य देउसी भैलोबाट सुरु भएको चन्द्रागिरी २ को एम्बुलेन्स खरिद अभियान पूरा भएको छ यस कार्यमा राजस्व छुट सिफारिस प्राप्त गर्न महत्वपूर्ण सहयोग पुर्याउनु हुने संघीय साम्सद माननीय अन्जना बिसन्खे ज्यु लगायत वडा अध्यक्ष गोपि सुर्खेती तथा सदस्य ज्युहरु प्रती कृतज्ञता व्यक्त गर्दै सम्पुर्ण तयारिका साथ छिट्टै सेवा सन्चालन गराउने जानकारी प्राप्त भएको छ ।
एम्बुलेन्स खरिद अभियान सफल भए पश्चात् हौसिएका अभियानका सम्योजक तथा वडा सदस्य अब समुदायलाई उत्पादन सङ्ग जोडि उद्योग बिकास अभियान अघि बढाउने जानकारी समेत गराए जस्को सुरुवात सेकेन्ड इनिङ्स ग्रुप मार्फत भइसकेको बताउछ्न ग्रुपको कार्यकारी सम्योजक समेत रहेका बस्नेतको यो सपना पनि पूरा होस चन्द्रगिरी न्युजको तर्फबाट शुभकामना ।
Leave a Reply
You must be logged in to post a comment.