चन्द्रागिरि आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन

काठमाडौं । दोस्रो चन्द्रागिरिआन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । ७ देखि सुरु भएको प्रगियोगिता आज सप्पन्न  भएको हो ।

चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले प्रथम दोश्रो र तृतीय हुनेलाई शिल्ड र प्रमाणपत्र वितरण गर्नु भएको हो ।

उहाँले आगामी दिनमा चन्द्रागिरि ब्याडमिन्टन क्लब संग मिलेर काम गर्ने समेत बताउनु भयो ।

सो क्लबका संरक्षक देबेन्द्र प्रधानले विभिन्न कार्यक्रम सहित कोरोनाको विषम परिस्थितिमा समेत नगरपालिकालाई चन्द्रागिरी ब्याडमिन्टन क्लबले नगरपालिकाको बिपत ब्यबस्थापन समितिलाई एक लाख  सहयोग गरेको हो ।

यसैबीच सामाजिक कार्यमा लागेका र ब्याडमिन्टन क्लबका कुनै खेलाडी दुर्घटना भए सहयोग पहल गर्ने बताइएको छ ।

आगामी दिनमा राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता गर्ने चन्द्रागिरि नगर प्रबक्ता  हरिभक्त महर्जनले बताउनु भयो ।

त्यसैगरि उक्त प्रतियोगितामा महानगरीय  प्रहरी  व्रत प्रहरी नायब उपरीक्षक मोहन खाँड लगायत विभिन्न ब्यक्तिहरुको उपस्थित थियो  ।

उक्त प्रतियोगिता क्लबका अध्यक्ष कृष्ण घिमिरेको सभापतिमा सम्पन्न भएको हो ।

कार्यक्रम सम्याेजक माधव अधिकारी तथा सल्लाहकार रामनारायण घिमिरे लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।