नागढुंगावाट दुई केजी सुन सहित एक पक्राउ

राेशन दानी
५ असार काठमाण्डौ । अबैध रुपमा लुकाईछिपाई ल्याएको करिव २ किलो सुन सहित एक जनालाई महानगरीय प्रहरी बृत्त थानकोटले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं.५ स्याफ्रोबेशी घर भएका बर्ष १७ को भिम बहादुर तामाङ रहेका छन् ।उनलाई चन्द्रागिरि नगरपालिका २ नागढुंगामा प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार बिक्रम थापाका अनुसार बिशेष सुचनाको आधारमा भैरहवाबाट काठमाण्डौ तर्फ आउँदै गरेको लु.२ ख ६५२ नम्बरको यात्रु बाहक बसलाई गोप्य सुचनाको आधारमा चेक जाँचको क्रममा दुई केजी सुन सहित पक्राउ गरिएको बताए ।

प्रहरी प्रमुख थापाका अनुसार तामाङलाई चेक जाँच गर्ने क्रममा कम्बरमा बाँधी ६ से.मि.लम्बाई र ११ से.मि.मादल जस्तो गोलाई भएको सुन सहित तामाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको छ ।

तामाङ रसुवा हुँदै सुन कम्बरमा बोकी गल्छी हुँदै भैरहवाबाट काठमाण्डौ आउने गाडी चढेका थिए । प्रहरीले सुन थप अनुसन्धानका लागि राजस्व अनुसन्धान पठाएको जनाएकाे छ ।