नेपालमा अझै पाँचदिन भारी वर्षात हुने

काठमाण्डौ,  असार ५।

नेपालमाअझै पाँचदिनसम्मभारी वर्षात हुने भएको छ ।
न्यूनचापीय रेखा नेपालीआकाशमाथिआएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जलतथामौसम विज्ञान विभागले जनाएको छ । विभागकामहानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमीअवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीवर्षमानपुनअनन्तलाई ब्रिफिङ गर्नुभएको थियो ।

त्यस क्रममा वैद्यले ९ असारपछि मात्रक्रमशःपानी पर्ने क्रमकमभएर जाने उल्लेख गर्नुभयो ।
उहाँकाअनुसार नेपालको प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिमप्रदेशमा घना वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलि लिटर वा सो भन्दा बढी पानी परिरहेको वैद्यले बताउनुभयो । यो मात्रअझै बढेर २ सयमिलि लिटर पार्नी पर्ने सम्भावना छ । न्यूनचापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केहीदिनपूर्वपहाडी क्षेत्रमाअत्याधिक वर्षातको सम्भावना रहेको वैद्यले बताउनुभयो ।

२४ घण्टामा कहाँ पर्यो  धेरै पानी?
विभागकामहासचिव वैद्यकाअनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १ सय ६९ मिलिमिटर पानी परेको छ । यस्तै नवलपुरको डण्डामा १ सय ५०.६, तनहुँको श्याम्घामा १४८.८तथागोरखामा १४०. २ मिलिमिटर पानी परेको छ । यो परिणाममा अझै वृद्धि हुने वैद्यले बताउनुभयो ।

‘यो पछिल्लो २४ घण्टाको विवरण हो’, वैद्यले भन्नुभयो, ‘यो अझै बढ्छ र धेरै स्थानमा २ सय मिलिमिटरसम्मपानी पर्छ ।’
नारायणीले खतराको तह नाघ्यो, अरु चार नदीमा ठूलो बाढी आउने
चितवनको देवघाटस्थितनारायणीनदीमापानीको सहतले खतराको तहपार गरेको हो । उक्त स्थानमाजलसतह ८ मिटर नाघेपछि खतराको तहपार हुनेमा ९ मिटर माथिआइसकेको छ ।

वर्षात नरोकिएकाले जल सतहथप बढ्ने अनुमानगरिएको छ । यस्तै नारायणघाटको पुलमाजलसतहले सतर्कताको तहपार गरेको हो । उक्त स्थानमाजल सतहले ११ मिटर नाघेपछि सतर्कताको तहपार हुनुपर्नेमाजलसतहले ११. ९८ मिटर पार गरेको वैद्यले बताउनुभयो । विभागले खतराको तहपार गरेको स्थानकातल्लोटतीय क्षेत्रकाबासिन्दालाई उक्त स्थान छाडेर सुरक्षित स्थानमाजानतथा सतर्कताको तहपार गरेको स्थानकातल्लो तटीय क्षेत्रकाबासिन्दालाई उच्च सतर्कताअपनाउनआग्रह गरेको छ । पूर्वनपलपरासी र चितवनकातल्लो तटीय क्षेत्रमा बाढीको उच्चजोखिम रहेकाले सतर्क रहनभनिसकिएको वैद्यले जानकारी दिनुभयो ।
यस्तै कोशीकोशीनदीमा सतर्कताको तहपार गरेकाले भोलिसम्मखतराको तहपार गर्न सक्ने अनुमानगरिएको छ । यस्तै कमला, कन्काई, बागमती र तीनदीका सहायकनदीमा बाढीले खतराको तहपार गर्न सक्ने अनुमानविभागले गरेको छ ।
यो वर्ष आगामीकात्तिकसम्मै वर्षात हुने सम्भावना रहेको छ ।

सामान्यतयामनसुनअसारमा सुरु भएर असोजमा सकिने भएपनि यो वर्ष भने झण्डै एक महिनापछिसम्म पानी पर्ने देखिएको छ । चार महिनामध्ये असारको अध्यदेखि भदौ मध्यसम्मअत्याधिक वर्षात हुने गर्दछ । तर, यो पटक मौसम सक्रियभएदेखि नै वर्षातको दर उच्च छ । ‘चार महिनामध्ये असारको आधाआधीदेखि भदौ आधाआधीसम्मपानी बढी पर्ने समय हो’, महानिर्देशक वैद्यले भन्नुभयो, ‘तर यो पटक मनसुनको सुरुदेखि नै अत्याधिकपानी परिरहेको छ, कात्तिकसम्म पर्ने देखिन्छ । एक वर्षमा पर्ने पानीको ८० प्रतशितपानी मनसुनको चार महिनामा पर्ने उहाँलेजानकारी दिनुभयो । हरेक मनसुनमा बाढी पहिरोकाकारण हुने क्षति घटी बढी हुने भन्दै वैद्यले यसपटक हिउँदमा र प्रि–मौसममासमेत बढी पानी परेकाकारण जमिन धेरै गलेकाले बाढीपहिरोको प्रकोप उच्चभएको बताउनुभयो ।

हरेक दिन मिडिया ब्रिफिङ
मौसम पूर्वानुमानबारे जानकारी लिएपछि मन्त्रीपुनले पछिल्लो समय नेपालको मौसम पूर्वानुमान प्रणालीमा धेरै सुधार गरिएको बताउनुभयो । आगामीदिनमा विभागबाट जारी हुने मौसमसम्बन्धी सूचनाथपविश्वसनीयबनाउनुपर्नेमाउहाँको जोड थियो । ‘पहिलाको तुलनामाअहिले हामीले जलतथामौसमको पूर्वानुमानप्रतिविश्वास गर्न सक्ने आधार बनाएका छौं’, मन्त्रीपुनले भन्नुभयो, ‘आगामीदिनमाथपविश्वसनीय बनाउनुपर्छ ।’ उहाँले मौसम पूर्वानुमानकालागि राज्यले प्रविधि र जनशक्तिमा धेरै लगानी गरेको भन्दै पूर्वसूचनाप्रदान गरेर जनताको जीवनबचाउनकुनै कसर बाँकीनराख्ननिर्देशनदिनुभयो । ‘बाढी र पहिरोको सही सूचना सही समयमादिऔं, सूचनानपाएकाकारण एक जनाले पनिज्यानगुमाउनुनपरोस् ।’ यस्तै बाढीपहिरोको सूचनालाई थपप्रभावकारी बनाउनभोलि .(सोमबार) देखि अधिक वर्षात नरोकिएसम्म हरेक दिनमन्त्रालयमा मिडिया ब्रिफिङ गर्न मन्त्रीपुनले विभागलाई निर्देशनदिनुभयो । विभागले सोमबारदेखि बिहान हरेक दिनबिहान ११ः ०० बजे सामाजिक दूरी कायमगर्दै मिडिया ब्रिफिङ गर्ने भएको छ ।
फोटो सोन्जय:- कपन अनलाइन