पसल बिहान ७ बजेदेखि ९ सम्म मात्र खोल्न पाइने

काठमाडौं उपत्यकाका तीन जिल्लाले घरबाहिर निस्कन थप कडाइ गर्दै वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गरेका छन् ।

अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्ट स्टोर विहान ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ । यसअघि खाद्य सामग्रीको पसल विहान ६ देखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने व्यवस्था थियो ।