नेपाल रेड क्रस सोसाइटी तथा चन्द्रागिरी उप-शाखाद्वारा बाढी पिडितलाई सहयोग

नेपाल रेडक्रस सोसाइटी चन्द्रागिरी उपशाखाको अायोजनामा चन्द्रागिरी नगरपालिकामा मेयर घनश्याम गिरी उपमेयर लिशा नकर्मीबाट वाढी पिडित परिवारलाई राहत हस्तान्तरण शुभारम्भ गरेको हो। च.न.पा २ का वडा अध्यक्ष गोपि सुर्खेती, च.न.पा ३ का वडा अध्यक्ष दुर्गा लाल महर्जन, च.न.पा ४ का वडा अध्यक्ष कृष्ण प्रसाद खड्गी एवं च.न.पा १५ का वडा अध्यक्ष उत्तम बहादुर राउतबाट राहत वितरण गरेको थियो ।

तस्बिर: अमिर श्रेष्ठ