“भूकम्पपीडितको राहतमा सहयोग गर्ने तथा सडकपीडितलाई नगरबाटै मुआब्जाको व्यवस्था गर्नेछु “श्रीकृष्ण श्रेष्ठ

श्रीकृष्ण श्रेष्ठ, माओवादी केन्द्र विकास निर्माण कार्यलाई तीव्रता दिई तीन वर्षभित्र चन्द्रागिरीलाई समृद्ध नगर बनाउने र त्यसका लागि आन्तरिक आर्थिक स्रोत पहिचान गरी परिचालन गर्ने योजना छ। त्यस्तै सार्वजनिक जग्गाको संरक्षण र सदुपयोग गर्ने, अन्तर्राष्ट्रिय सभा हल निर्माण गर्ने, ऐतिहासिक स्थलको पहिचान गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना छ । ‘एक घर, एक रोजगार’, ‘एक घर एक धारा’ लाई प्रमुखता साथ कार्यान्वयन गरिनेछ। भूकम्पपीडितको राहतमा सहयोग गर्ने तथा सडकपीडितलाई नगरबाटै मुआब्जाको व्यवस्था गर्नेछु ।