चन्द्रागिरि नगरपालिकाको ढुङ्गेअड्डामा सवारी दुर्घटना, १ जनाको मृत्यु

काठमाडौं- चन्द्रागिरि नगरपालिका ढुङ्गेअड्डामा सवारी दुर्घटना भएको हो। थानकोटबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० नम्बरको ट्रकले  कालिका पेट्रोल पम्प नजिक विभिन्न ८ वटा सवारी साधनलाई ठक्कर दिएको हो । महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार ब्रेक फेल भएर दुर्घटना भएको हो । ठक्करबाट ट्याक्सी, बस र मोटरसाइकलमा क्षति पुगेको छ ।

दुर्घटनामा परी एकको घटनास्थलमै ज्यान गएको छ, भने अन्य ६ जना घाइते भएका छन् । घाइतेहरुको काठमाडौँको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार दुर्घटनामा परी ओखलढुंगाका अन्दाजी ३० वर्षीय शंकर परियारको मृत्यु भएको हो।

घाइते हुनेहरूमा सप्तरीका २६ वर्षीय रञ्जीत चौधरी, धादिङका ३६ वर्षीय रामचन्द्र सिंखडा, काठमाडौं कलंकीका ३२ वर्षीय सुजन मानन्धर काठमाडौंकाे बानेश्वरका २४ वर्षीय विशाल श्रेष्ठ छन्।

यस्तै कास्कीकी ३० वर्षीया सन्ध्या थिङ पनि घाइते भएकी छन्। घाइतेहरू ३० वर्षीय गणेश शर्मा र २२ वर्षीय साजन खत्रीको भने ठेगाना नखुलेको महानगरीय प्रहरी वृत्त थानकोटकाले जानकारी दिए। घाइतेमध्ये चौधरीको अवस्था गम्भीर छ।

दुर्घटनामा बा २ ज २०४७ नम्बरको ट्याक्सी, बा४ च २२१ नम्बरको पिकअप भ्यान, बा ४ ख ३२५२ नमब्रको यात्रुवाहक बस र बा ५१ प ४९५१ नम्बरको मोटरसाइकलमा क्षति पुगेको छ। यस्तै प्रदेश ३- ०२००६ प १३४१ नम्बरको मोटरसाइकल र बा ४७ प २४१५ नम्बरको स्कुटरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।