चन्द्रागिरिमा गुड्दै गरेको कारमा आगलागी

3676

काठमाडौं, असार २८ सोमबार। चन्द्रागिरि नगरपालिका वडा ११ स्थित चपार, बोसीगाउँमा गुड्दै गरेको कारमा आगलागी भएको छ। सिप्रदिबाट बाेसिगाउ जाँदै गरेकाे माज्दा कम्पनीको बा ५ च ३०७८ नम्बरको कारमा आगलागी भएको हो।

कारमा चालक र उनीसँगै सवार एक व्यक्ति रहेको र उनीहरु सुरक्षित रहेको प्रहरीले जनाएको छ । गाडीको तार सर्ट भएर आगलागी भएको अनुमान गर्न सकिने बताईएको छ ।

काठमाडौं महानगरपालिकाको जुद्ध वारूण यन्त्रले आगलागी नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत थानकोटले चन्द्रागिरि न्युज डट कम लाइ बताए।

साथै आगलागीबाट कार पुर्णरूपमा क्षति भएको प्रहरीले बताए।