नेपाली काँग्रेसको काठमाडौं जिल्ला क्षेत्र नं १० प्रदेश (ख) मा धर्मानन्द श्रेष्ठ निर्वाचित

काठमाडौँ । मङ्सिर ५ गते । नेपाली काँग्रेस काठमाडौँको प्रदेशसभा अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँको १० निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा ‘क’ र ‘ख’ को अधिवेशन सम्पन्न भएको हो ।



पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबारका लागि अधिवेशन कार्यतालिका तोके पनि केही निर्वाचन क्षेत्रमा भने शनिबार नै अधिवेशन सम्पन्न भएको थियो ।  क्षेत्र नं ८ को (क) मा इन्द्रमानसिंह सुवाल र ९ख० मा शिव खनाल, क्षेत्र नं ९ को (क) मा मोहनबहादुर बस्नेत र (ख) मा राजेन्द्र भट्टराई तथा क्षेत्र नं १० को (क) मा शैलेश मानन्धर र (ख) मा धर्मानन्द श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

क्षेत्र नम्बर १ (क) मा प्रल्हादबहादुर कार्की र (ख) मा सुमनकुमार श्रेष्ठ, क्षेत्र नं २ को (क) मा धुव्र अधिकारी र (ख) मा उद्धव खड्का, क्षेत्र नं ३ को (क) मा श्रीराम चालिसे र (ख) मा विमल ठकुरी, क्षेत्र नं ४ को (क) मा विमलकुमार होडा र (ख) मा रामप्रसाद लुइँटेल सभापतिमा विजयी हुनुभएको छ।

यस्तै क्षेत्र नं ५ को (क) मा दिनेश डङ्गोल र (ख) मा राजु खड्का, क्षेत्र नं ६ को (क) मा ख्यामराज तिवारी र ९ख० मा विष्णुभक्त तिमल्सिना, क्षेत्र नं ७ को (क) मा नवीन मानन्धर र (ख) मा वासुदेव लामा सभापतिमा निर्वाचित हुनुभएको छ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचन क्षेत्रको अधिवेशन मङ्सिर ६ गते, जिल्ला अधिवेशन मङ्सिर १० गते, प्रदेश अधिवेशन मङ्सिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।