२० प्रतिशत छुटमा ड्राइभिङ सिक्ने अवसर

चन्द्रागिरी नगरपालिकामा १२ गुर्जुधारा चोकमा अवस्थित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा लि ले २० प्रतिशत छुटमा सवारी प्रशिक्षणको अवसरको घोषणा गरेको छ ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै सवारी अनुमतिपत्र (लाइसेन्स) लिन चाहनेहरुका लागि सम्पूर्ण सवारीसाधनको प्रशिक्षणमा २०% को विशेष छुट सहित बेसिक कोर्षको व्यवस्था गरेको भेहिकल एण्ड रिसर्च सेन्टर प्रा लि का प्रबन्धक निर्देशक माधव प्रसाद अधिकारीले बताए ।

सबैले रोजगारी गुमाईरहेको यो अवस्थामा समयमै सिप सिकैर स्वरोजगार बनौं भन्ने मुख्य उद्देश्यका साथ त्यस्तै सिमित समयका लागि यो अवसर प्रदान गरेको पनि सञ्चालक रामनारायण घिमिरेले बताउनुभयो ।

प्रशिक्षणका लागि यो सुवर्ण अवसर साउनको ११ देखि मात्र १५ दिनसम्म रहने भेहिकल एकेडेमीका प्रशिक्षक सुरज धिताल र उत्तम कार्की (कार प्रशिक्षक), हेमन्त महर्जन(मोटरसाईकल प्रशिक्षक)ले संयुक्त रुपमा जानकारी गराउनुभयो ।

साथै अन्य जानकारीका लागि प्रशिक्षण केन्द्रको फोन नंं ०१-४३१६२२२, ४३१६२२४ तथा कार प्रशिक्षकद्वय सुरज धिताल(९८४३५९३८७) र उत्तम कार्की(९८६३९९७५७१) तथा मोटरसाईकल प्रशिक्षक हेमन्त महर्जन(९८४३८८४५३८) मा सिधै सम्पर्क गर्न सकिने कुरा पनि जानकारी गराउनु भयो ।

साथै साथै ठूलो भर्‍याङ यातायात कार्यालयबाट लिइने दुई पाङ्ग्रे, कार, मिनि र हेभी गाडीहरूको प्रयोगात्मक परिक्षा ट्रायल पनि उक्त सेन्टरमा लिइने गरिन्छ ।