प्रतिनिधिसभाकी सांसद अन्जना विशंखेले रुकुम घटनाको निष्पक्ष छानविन गरी दोषीउपर कडा कारवाही गर्न सरकारसँग माग गरेकी छन्।

प्रतिनिधिसभाकी सांसद अन्जना विशंखेले रुकुम घटनाको निष्पक्ष छानविन गरी दोषीउपर कडा कारवाही गर्न सरकारसँग माग गरेकी छन्।

सांसद अन्जना विशंखेले प्रेस विज्ञप्ति जारीमा

पश्चिम रुकुम जिल्ला चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँकी गैरदलित महिला सुस्मितासँग केही वर्ष पहिलेदेखि प्रेममा परेका जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं. ४ का नवराज विकले आफ्नो प्रेमीले आफुलाई पटक पटक लिन आउँन आग्रह गरेपछि उनको आग्रह अनुसार जेष्ठ १० गते लिन पुगेका विक लगायतको टिमलाई वडाको अध्यक्ष सहित गाउँले लागेर ढुंगामुडा प्रहार गरी लखेटी लखेटी भेरी नदिमा हाम फाल्न बाध्यपारी नदिमा डुवेको अवस्थामा समेत ढुंगा प्रहार गरी उनी र उनका साथी टीकाराम नेपालीलाई विभत्स रुपमा गरिएको हत्याको घोर भवत्सना गर्दछु ।

यस भन्दा केही महिना पहिला पनि दुवैले विवाह गर्न तयारी गरेका र सोही पालिकाको ईलाका प्रहरी कार्यालयमा विवाह गर्ने उमेर नपुगेकाले उमेर पुगेपछि विवाह गर्ने सर्तमा प्रहरीले दुबैलाई आ–आफ्नो घरमा जान सुझाएको थियो । प्रेम सम्वन्ध कै कारण ज्यान गुमाउँनु पर्ला भन्ने सोच्न पनि नसकेका विकले ज्यान गुमाउनु प¥यो र बुहारी ल्याई घर फर्कला भनी सोचेका उनका आमाबुवाले छोराको मृत अनुहार हेर्नु पर्ने दिन अब कति दलितले कहिले सम्म हो ? नेपाल छुवाछुत मुक्त भयो भनि नारा लगाउँने व्यवहारमा शामन्तबादी शैली परिवर्तन कहिल्यै नगर्ने, विभेद बुढा आमाबुवाले गर्दा भयो भन्ने तर बचाउँनमा पढेलेखेका सचेत वर्ग नै कम्मर कसेर लाग्ने प्रवृति र परम्परा भएकै कारण आज सिङ्गो दलित समुदायले यो अवस्था भोग्नु प¥यो । विभेद कस्तो वर्गले बचाएको रहेछ भन्ने ज्वलन्त उदाहरण केही दिन पहिला नेपाल सरकारको पेन्सनवाला सचिव भिम उपाध्यायले सामाजिक संजालमा पोष्ट गरेको शब्द नै काफी छ ।

वेपत्ता पारिएका ४ जनाको अवस्था अहिले सम्म सार्वजनिक हुन नसकेको र उक्त ४ जनाको यथासक्य खोजी गरी उनीहरुको अवस्था सार्वजनिक गर्न सम्वन्धित निकायलाई आग्रह गदै, यस घटनामा संलग्न चौरजहारी नगरपालिका वडा नं. ८ का अध्यक्ष, गुहारमागी गाउँले लगाई दलितले गैरदलितकी छोरी माथि आँखा लगाउँने भनि ढुंगा मुडा सहित कुटपिट गरी भेरी नदिमा हाम फाल्न र हाम फालिसके पश्चात पनि ढुंगा प्रहार गरी केटा पक्षका २ जनाको हत्या र ४ जना वेपत्ता पार्नमा संलग्न केटी पक्षका आमाबुवा र गाउँले सबैलाई कानुनी दायरामा ल्याई पीडकलाई नेपालको मुलुकी अपराध (संहिता) ऐन,२०७४ को कर्तव्य ज्यान सम्वन्धि र संविधानको धारा २४ को उपधारा १, २ र ३ बमोजिम हदै सम्मको कानुनी कार्वाहीको माग गर्दै पीडित परिवारलाई कानुनी राज्यको अनुभुति दिलाउन सम्वन्धित निकायको ध्यानाकर्षण गराँउनुको साथै जनताको प्रतिनिधिले पदको ध्वजी उडाई संविधानको खिलापमा सिङ्गो दलित समुदायमाथि गरेको अपमानप्रति आपत्ती जनाउँदै छानवीनको दायरामा ल्याउँन सरकारसंग यसै विज्ञप्ती मार्फत माग गर्दछु ।

अन्तरजातिय प्रेम सम्वन्धले ज्यान गुमाउँने विक पहिलो व्यक्ति होइनन, काभ्रेका अजित मिजार पनि हुन जसको मुर्दा ४ वर्षदेखि न्यायको खोजीमा टिचिङ्ग अस्पताल महाराजगञ्ज काठमाडौंमा छ । अब यस्ता न्यायको पर्खाइमा बस्ने दलितको मुर्दा कति बनाउँनु पर्ने हो ? कति अस्पतालका मुर्दा हल भर्नु पर्ने हो ? हेक्का रहोस् ! यस्ता समस्या यसरी नै बढ्दै जाने र राज्यको ध्यान नपुग्ने नै हो भने संबैधानिक व्यवस्था भएको र संयूक्त राष्ट्रसंघको पक्ष राष्ट्र भएको यो राष्ट्रले यस्को मुल्य महङ्गो चुकाउनु पर्ने अवस्थालाई दृष्टिगत गर्दै जातिय छुवाछुतको सवालमा सुन्य सहनशिलता प्रभावकारी रुपमा कार्यान्वन गरियोस् भनि सम्वन्धित निकायको ध्यानकर्षण गराउँदछु ।

भनिएको छ।

त्यसैगरी नेपाल दलित मुक्ति सङ्गठनले पनि विज्ञप्ति जारी गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न, मृतक नवराज विक र टीकाराम विकलाई सांस्कृतिक शहीद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसमक्ष जोरदार माग गरेको छ।