आईपीएलमा आज सन्दीपले अन्तिम खेल मुम्बईविरुद्ध खेल्दै

काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन्। यो उनको आईपीएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ। जारी संस्करणमा २ खेल मात्रै खेलेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सनसनी मच्चाएका छन् । उत्कृष्ठ बलिङ गर्दै सन्दीप कफायती बलरको शीर्ष स्थानमा उक्लिएका छन् ।



jibss

रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको खेलबाट आईपीएलमा डेब्यू गरेका सन्दीप लामिछानेले पहिलो खेलमा नै पार्थिव पटेलको विकेट लिए । लामिछानेले बेंग्लोरसँगको खेलमा ४ ओभर बलिङ गर्दै २५ रन मात्रै दिए । शुक्रबारको चेन्नईविरुद्धको खेलमा पनि सन्दीपले विश्वकै उत्कृष्ट ब्याट्सम्यान सुरेश रैनालाई आउट गरेपछि सन्दीपको चर्चा थप चुलिएको छ ।

सुरेश रैनाले सन्दीपको पहिलो बल नै फेस गर्न सकेनन् । सन्दीपले गुगली बल फ्ँयाक्दै रैनालाई विजय शंकरबाट क्याच आउट गराउन सफल भए । चेन्नईसँगको खेलमा सन्दीपले ४ ओभरमा २१ रन दिएर एक विकेट लिए । सन्दीप प्रतियोगितामा स्टाइलिस प्लेयर्स अफ् द म्याच समेत घोषित भए ।

उनले पार्थिव पटेलको विकेट लिएर आईपीएलमा विकेटको शुरूवात गरेका थिए। उनले पहिलाे खेलमा ४ ओभर बलिङ गर्दै २५ रन दिएर १ विकेट लिए। यो खेल भने दिल्लीले हा¥यो। तर शुक्रबारको खेलमा भने सन्दीपले ४ ओभरमा २१ रन दिएर एक मात्र विकेट सुरेश रैनाको रूपमा हात पारे। रैनाजस्ता आक्रामक ब्याटसम्यानलाई गुगली बलिङ गर्दै क्याच आउट गराएका थिए।